aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सिद्धार्थ बैंकको नाफा ३६ लाख घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
सिद्धार्थ बैंकको नाफा ३६ लाख घट्यो

काठमाडौं । चालू आवको तीन महिनामा सिद्धार्थ बैंकले ५२ करोड १४ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिमा  ५२ करोड ५० लाख थियो । गत आवको तुलनामा नाफा ३६ लाखले घटेको हो । 
बैंकको चुक्तापूँजी ८ अर्ब ८८ करोड छ । रिजर्भ कोषमा ४ अर्ब १६ करोड छुट्याएको छ । चालू आवको तीनमा महिनामा बैंकले १ खर्ब १८ अर्ब निक्षेप संकलन गरेको छ भने १ खर्ब ८ अर्ब कर्जा प्रवाह भएको छ ।
 गत आवको तुलनामा निक्षेप ३ प्रतिशत र कर्जा प्रवाह ३ प्रतिशतले वृद्धि भएको हो । बैंकको वितरणयोग्य नाफा रू. १८ करोड ९८ लाख रहेको छ । एनएफआरएस प्रणाली अनुसार बैंकले खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफानै बितरणयोग्य नाफा हो ।

बैंकले शेयरधनीलाई यस वर्ष १० प्रतिशत बोनस शेयर र १५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको प्रतिशेयर आम्दानी २३ दशमलव ०३, मूल्य आम्दानी अनुपात १२ दशमलव ७७, तरलता अनुपात २२ दशमलव ९६ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ७३ दशमलव २७ रुपैयाँ रहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस