
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा ४२ प्रतिशत वृद्धि भएको छ । चालू आवको तीन महिनामा कम्पनीले २२ करोड २६ लाख नाफा कमाएको हो । गत आवको सोही अवधिमा १५ करोड ६१ लाख थियो । असोज मसान्त सम्ममा कम्पनीले १ करोड ९ लाख खराब कर्जा उठाउन सफल भएकाले र खुद ब्याज आम्दानी बढेकाले नाफा बढेको हो ।
यस बर्ष कम्पनीले शेयरधनीलाई २७ दशमलव ११८६ प्रतिशत बोनस शेयर र १७ दशमलव २१६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको चुक्तापूँजी रू.१ अर्ब १८ करोड छ । रिर्जभ कोषमा रू. १ अर्ब ८६ करोड छुट्याएको छ । असोज मसान्त सम्ममा कम्पनीले रू.१६ अर्ब ५ करोड निक्षेप संकलन भएको छ भने रू. १९ अर्ब ७९ करोड कर्जा प्रवाह गरेको छ ।
प्रतिशेयर आम्दानी रू.७५ दशमलव ४६, मूल्य आम्दानी अनुपात १२ दशमलव ७९ प्रतिशत, तरलता अनुपात २६ दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २५७ दशमलव ८६ छ ।
हाल सम्ममा कम्पनीले ६७ जिल्लामा १३६ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ । त्यसै गरी वित्तीय पँहुच नपुगेका देशको पूर्व र पश्चिमतर्फका २१ ओटा जिल्लाका विकट क्षेत्रहरुमा वित्तीय पँहुच पु¥याउने उद्येश्यले ६५ ओटा डिजिटल प्वाइन्ट मार्फत सेवा दिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस