aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

तीन महिनामा स्वावलम्बनको नाफा १२ करोड २० लाख

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
तीन महिनामा स्वावलम्बनको नाफा १२ करोड २० लाख

काठमाडौं । चालू आवको तिन महिनामा स्वावलम्बन  लघुवित्त वित्तीय संस्थाले रू. १२ करोड २० लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४२ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा कम्पनीले रू. ८ करोड ५६ लाख नाफा कमाएको थियो । 

कम्पनीले यस वर्षका लागि शेयरधनीलाई २६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । 

कम्पनीको चुक्ता पूँजी रू. ५० करोड ३१ लाख बाट बढेर रू. ६२ करोड ८८ लाख पुगेको छ । कम्पनीले गत आवको २५ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी बढेको हो । 
 

प्रतिक्रिया दिनुहोस