aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कालिका र जनसेवी लघुवित्त मर्ज हुँदै, विशेष सभा सोमबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ कार्तिक २०७६
कालिका र जनसेवी लघुवित्त मर्ज हुँदै, विशेष सभा सोमबार

काठमाडौं । मर्जरको प्रस्ताव पारितका लागि कालिका लघुवित्त र जनसेवी लघुवित्तले सोमबार विशेष साधारण सभा बोलाएका छन् । कालिकाले स्याङ्जा र जनसेवीले पर्वतमा सभा गर्न लागेका हुन् । यी दुई कम्पनीबीच १ बराबर १ को शेयर आदान प्रदान अनुपात कायम गर्ने सम्झौता भएको छ । 
मर्जर पश्चात जनकालिका लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार हुनेछ । मर्जर सम्बन्धी आवश्यक काम कारबाहीका लागि सम्पूर्ण जिम्बेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ । मर्जर प्रयोजनका लागि कालिका लघुवित्तको शेयर कारोबार गत जेठ ५ गतेदेखि बन्द रहेको छ । उक्त मितिसम्म कायम रहेका शेयरधनीहरुले सभामा भाग लिई छलफल गर्न सक्नेछन । जनसेवी लघुवित्त भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छैन । 
 

प्रतिक्रिया दिनुहोस