aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एनएमबि बैंकको लाभांशमा छलाङ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ कार्तिक २०७६
एनएमबि बैंकको लाभांशमा छलाङ

काठमाडौं । एनएमबि बैंक लिमिटेडले वितरणयोग्य रकमबाट शेयरधनीको लागि हाल कायम चुक्तापुँजीको २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि १४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । 
बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने छन् ।
हाल बैंकको चुक्तापुँजी  ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७ दशमलव ९६ रहेको छ । २१ प्रतिशत बोनस वितरण पश्चात बैंकको चुक्तापुँजी १३ अर्ब ९५ करोड ९ लाख पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस