
काठमाडौं । नागवेली लघुवित्तको नाफा चालू आवको तीन महिनामा १४२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले यस अवधिमा ९५ लाख ३९ हजार नाफा कमाएको हो । गत आवको सो अवधिमा कम्पनीले ३९ लाख ३९ हजार नाफा कमाएको थियो ।
कम्पनीले यस वर्ष शेयरधनीलाई ९ दशमलव ३८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको चुक्तापुँजी १६ करोड ७६ लाख छ । रिजर्भ कोषमा ८ करोड ६० लाख छुट्याएको छ । प्रतिशेयर आम्दानी (वार्षिक) २२ दशमलव ७५, तरलता अनुपात १५ दशमलव २५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १ सय ७७ दशमलव ३१ छ ।
प्रतिक्रिया दिनुहोस