
एन आई सी एशिया बैंक लिमिटेड र ह्याम्स हस्पिटल, धुम्बाराही बीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष आर एस भण्डारीज्यूले हस्ताक्षर गरेका हुन् ।
बैंकको मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस