aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कुमारी बैंकद्धारा विद्यालयलाई सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ कार्तिक २०७६
कुमारी बैंकद्धारा विद्यालयलाई सहयोग

काठमाडौं । कुमारी बैंकले का.म.न.पा.–१ कमलपोखरीस्थित कमल आधारभूत विद्यालयमा विपन्नवर्गका विद्यार्थीहरूलाई सहयोगको निरन्तरता दिदैं उक्त बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा टेवा पु¥याउने उद्येश्यका साथ बैंकले विद्यालयलाई ५ थान कम्प्युटर तथा कक्षा ९ का जेहेन्दर विद्यार्थी तुलसी राम चन्दलाई छात्रवृत्रि रकम प्रदान गरेको बैंकले जनाएको छ ।

 उक्त कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजिव गिरीले विद्यालयका प्रधानाध्यापक मान बहादुर खड्कालाई हस्तान्तरण गरेका थिए । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्र्तगत स्वास्थ्य, शिक्षा, वातावरण लगायतका विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि यस्ता सेवामूलक र अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

विगत १८ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदँै आएको कुमारी बैंकले, आफ्ना देशभर रहेका ११२ शाखा संजाल, १०० एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा १७ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु आगामी दिनहरुमा पनि पु¥याउँदै जाने प्रतिबद्धता जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस