aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

नेपाल बैंकले ल्यायो आकर्षक घरकर्जा योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ कार्तिक २०७६
नेपाल बैंकले ल्यायो आकर्षक घरकर्जा योजना

काठमाडौं । नेपाल बैंकले स्थापनाको ८३औं वर्ष प्रवेशको अवसरमा निक्षेप तथा कर्जाका योजना ल्याएको छ। स्थापना दिवसको अवसरमा बैंकले वातावरणमैत्री निक्षेप योजना बजारमा ल्याएको छ । उक्त निक्षेप योजनाअन्तर्गत ग्राहकले निःशुल्क रुपमा एटीएम भिसा डेविट कार्ड, निःशल्क मोबाइल बैंकिङ्ग रजिष्ट्रेशन सुविधा, निःशुल्क एबीबीएस सुविधा, निःशुल्क इन्टरनेट बैंकिङ सुविधा,  ५० हजारसम्मको औषधोपचार सुविधा,  ५० लाखसम्मको दुर्घटना बीमालगायतका सुविधाहरु रहेका छन् । 

उक्त खातामा  २५ हजारमा बचत खाता खोलि उक्त योजनामा सहभागी हुन सक्नेछन् । उक्त निक्षेप खातामा निक्षेपकताले ६.५ प्रतिशतको आकर्षक ब्याजदर प्राप्त गर्नेछन् भने एक वर्षसम्म बैंकको डेविट कार्डबाट अन्य जुनसुकै बैंकको एटीएममा निःशुल्क कारोवार समेत गर्न सक्नेछन् । यस योजना अन्तर्गत संकलित निक्षेपको रकम बैंकले नवीकरणीय ऊर्जा तथा वातावरणमैत्री क्षेत्रमा प्रवाह गर्नेछ । 

त्यस्तै बैंकले शुलभ आवास कर्जा योजनासमेत बजारमा ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले आफ्नै जग्गामा घर निर्माण गर्न, घर खरीद गर्न, घर मर्मत–सम्भार र थप निर्माण गर्नको लागि सुलभ व्याजदरमा कर्जा सविधा प्राप्त गर्न सक्नेछन् । साथै अन्य बैंक तथा वित्तीय संस्थामा रहेको असल आवास कर्जा स्वापसमेत गर्न सक्नेछन् । उक्त कर्जाको ब्याजदर आधार दरमा १ प्रतिशतदेखि २ प्रतिशतसम्म प्रिमियम थप गरी कायम गरिएको छ। यो कर्जा सविधा ५ वर्षदेखि २० वर्षसम्मको अवधिको लागि प्रवाह गरिने छ । अधिकतम घर कर्जामा व्याज ७.८४ प्रतिशतसम्म मात्र लिने बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी गराए । यस कर्जा योजनाअन्तर्गत ग्राहकले अग्रिम भुक्तानी शुल्क तिर्नुपर्ने छैन भने अन्य आकर्षक सुविधा समेत प्राप्त गर्न सक्नेछन्।

सरकारी बैंकहरुको खर्च कम गर्न मर्ज उपयुक्त भएको तर सरकारी स्वामित्व धेरै भएकाले सरकारी निर्णय विना बैंक आफैले मात्र निर्णय गरेर मर्जमा जान नसक्ने प्रमुख कार्यकारी अधिकृत अधिकारीको तर्क थियो । बैंकले  कम्तीमा ८.८४ देखि बढीमा ९.९४ प्रतिशत ब्याजदरमा आवास कर्जा दिने भएको छ । बैंकले बेस रेटमा १ देखि २ प्रतिशत प्रिमियम शुल्क लिने जनाएको छ । हाल बैंकको बेस रेट ७.८४ प्रतिशत छ ।

६३ जिल्लामा रहेका १६७ शाखा, २३ एक्सटेन्सन काउन्टर, १०२ एटिएम आउटलेटमार्फत करिब १७ लाख  ग्राहकलाई  प्रत्यक्ष रुपमा बैंकिङ सेवा प्रवाह गरिरहेको बैंकले चालू आवको प्रथम त्रैमासको अन्त्यसम्ममा निक्षेप १ खर्ब १७ अर्ब तथा  कर्जा ९८ अब ४६ करोड रुपैयाँ लगानी गरी ५८ करोड १८ लाख खुद मनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस