
काठमाडौं । प्राइम कमर्सियल बैंकले चालू आवको पहिलो तीन महिनामा ६५ करोड ९७ लाख नाफा कमाएको छ । गत आवको तुलनामा नाफा १३ प्रतिशतले वृद्धि भएको हो ।
गत आवकोे पहिलो त्रैमासमा बैंकले ५८ करोड १९ लाख नाफा कमाएको थियो । बैंकको चुक्ता पुँजी ९ अर्ब ६८ करोड छ । कन्काई विकास बैंकलाई प्राप्ती गरेपछि पुँजी वृद्धि भएको हो । रिर्जभ कोषमा ३ अर्ब २० करोड छुट्याएको छ । तीन महिनामा बैंकको वितरणयोग्य नाफा २२ करोड ८८ लाख रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २७ दशमलव २४, मूल्य आम्दानी अनुपात ९ दशमलव ६२ र प्रतिशेयर नेटवर्थ १ सय ५३ दशमलव ०८ छ ।
प्रतिक्रिया दिनुहोस