
काठमाडौं । जनता बैंक नेपालद्धारा संचालित जनता अवकाश कोषले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कोषमा सहभागि संचयकर्ताहरुलाई निजहरुको २०७६ आषाढ मसान्तसम्ममा कायम रहेको संचित रकमको १ प्रतिशतका दरले मुनाफा वितरण गर्ने निर्णय गरेको छ ।
२०७६ कार्तिक २१ गते बसेको कोष संचालक समितिको बैठकले कोषको आर्थिक बर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरु स्वीकृत गरेको छ ।
कोषले सहभागी संचयकर्ता÷बचतकर्ताहरुको संचित मौज्दात रकममा बार्षिक ८.५० प्रतिशतका दरले व्याज प्रदान गर्दै आएको छ । साथै सहभागिले संचित रकमको ९० प्रतिशतसम्म सापटी लिनसक्ने व्यवस्था गरेको छ । कोषले सहभागी संचयकर्ता/बचतकर्ताहरुलाई सुत्केरी स्यहार खर्च १० हजार रुपैयाँ र काजक्रिया खर्च १० हजार रुपैयाँको व्यवस्था गरेको छ ।
आयकर ऐन, २०५८ को दफा ६३ को उपदफा (१) र आयकार नियमावली २०५९, को नियम २० को उपनियम (२) बमोजिम आन्तरिक राजश्व विभागबाट स्वीकृत प्राप्त अवकाश कोष (Approved Retirement Fund) का रुपमा स्वीकृती प्राप्तगरी संचालनमा रहेको कोषले बैंक बैंकले जनाएको छ ।
वित्तीय संस्था, अन्य संगठित संघ, संस्था, प्रतिष्ठान, बिद्यालय, उद्योग, व्यवसाय र करयोग्य आय भएका परामर्शदाता, चिकित्सक, इन्जिनियर, कानून व्यवसायीहरुलाई अवकाश कोष सम्बन्धि सेवा प्रदान गरिरहेकोछ । जनता अवकाश कोषका सहभागीहरुले जनता बैंक नेपाल लिमिटेडका नेपालभर रहेका सम्पूर्ण शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस