aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

माछापुच्छ्रे बैंकले ११ शाखा थप्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
माछापुच्छ्रे बैंकले ११ शाखा थप्यो

 काठमाडौं । माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको बर्दघाट, रुपन्देहीको मणिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङको तुल्सीपुर र लमही, बर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा ११ शाखा कार्यालयको उद्घाटन गरेको हो ।
बैंकले १४४ वटा शाखा र १३३ शाखारहित बंैकिङ सेवा १६७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस