aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

आरएसडीसी लघुवित्तको नाफा ७५ प्रतिशत वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
आरएसडीसी लघुवित्तको नाफा ७५ प्रतिशत वृद्धि

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालू आवका पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजानिक गरेको छ । कम्पनीले गत आवको तुलनामा यस अवधिमा नाफा ७५ दशमलव १४ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले गत आवमा १ करोड ३० लाख नाफा गरेको थियो भने यस अवधिमा २ करोड २८ लाख नाफा गरेको छ । 

कम्पनीको खुद ब्याज आम्दानी ५० प्रतिशत र सञ्चालन नाफा ७६ प्रतिशत बढेपछि नाफा बढेको हो । कम्पनीले तीन महिनामा ४ लाख २० हजार खराब कर्जा संकलन गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी ३ करोड ८५ लाख छ भने सञ्चालन नाफा ३ करोड ५६ लाख छ । 

कम्पनीले गत आवको नाफाबाट शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश पारित गर्न छैठौं वार्षिक साधारण सभा बोलाएको छ । हाल कम्पनीको चुक्ता पँुजी ६३ करोड ३५ लाख १२ हजार छ । प्रसतावित बोनस शेयर वितरणपछि पुँजी वृद्धि भई ६७ करोड १५ लाख २२ हजार पुग्नेछ । कम्पनीको जगेडा कोषमा ९ करोड ५ लाख छ । कम्पनीले २ अर्ब ९६ करोड २८ लाख कर्जा प्रवाह गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ दशमलव ४१ र प्रतिशेयर नेटवर्थ ११४ दशमलव २९ रहेको छ । 

प्रतिक्रिया दिनुहोस