
काठमाडौं । कात्तिक २१ गतेदेखि निष्कासनमा रहेको प्रभु बैंकको ऋणपत्रका लागि कात्तिक २७ गतेभित्रदेखि मात्र आवेदन लिइने भएको छ । बैंकले सूचना जारी गरी बुधबार बैंकिङ समय पश्चात आवेदन लिने कार्य बन्द गर्न सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गरेको हो ।
बैंकले १० दशमलव २५ प्रतिशत व्याजदरमा २०८६ सम्मको लागि १० वर्षे ऋणपत्र विक्रीमा ल्याएको हो । बैंकले प्रतिऋणपत्र रू. १ हजार दरको कुल १० लाख कित्ता ऋणपत्रमध्य सर्बसाधारणका लागि ४ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो ।
६ लाख कित्ता ऋणपत्र भने बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ । छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर २० गतेसम्म जारी रहने भनिएपनि तोके बमोजिम आवेदन परेकाले कात्तिक २७ गतेसम्म विक्री गरिने भएको हो ।
ऋणपत्रको विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । बैंकको हाल चुक्ता पँुजी रू. ८ अर्ब २३ करोड ३९ लाख रहेको छ । बैंकको ऋणपत्र न्युनतम २५ कित्ता र अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।
प्रतिक्रिया दिनुहोस