aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कामना सेवाका एकै चोटी ५२ शाखा  विस्तार (फोटो फिचर सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २७ कार्तिक २०७६
कामना सेवाका एकै चोटी ५२ शाखा  विस्तार (फोटो फिचर सहित)

काठमाडौं । कामना सेवा विकाश बैंकले बुधबार एक कार्यक्रमका बीच १३ औ वार्षिकोत्सव सम्पन्न गरेको छ । साथै बैंकले काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय उद्घाटन  गर्नुका साथै देशका विभिन्न ५२ ठाउँमा ५२ शाखा  विस्तार गरेको छ ।

उक्त उद्घाटन कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा तथा राष्ट्र बैंकका डेपुटी गवर्नर चिन्तामणि शिवाकोटीको उपस्थिति रहेको थियो । १३ औं वार्षिकोत्सव कार्यक्रममा सात वटै प्रदेशमा ५२ शाखा विस्तार गरेको हो ।

बैंकको देशभर १०३ शाखा भएका छन् । बुधबार उद्घाटन गरेका शाखाहरुमा प्रदेश एकमा तीन, प्रदेश २ मा ११, प्रदेश तीनमा १०, गण्डकी प्रदेशमा ६, प्रदेश पाँचमा ७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा ४ शाखा रहेका छन् । 


 

प्रतिक्रिया दिनुहोस