
काठमाडाैं । हिमालयन बैंकले २२% लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १०% बोनस सेयर र १२% नगद लाभांश दिने निर्णय गरेको हो । नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गर्नेछ ।
बैंकले ८५ करोड २० लाख २५ हजार ५८४ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । यस्तै, १ अर्ब २ करोड २४ लाख ३० हजार ७०१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
गत वर्ष हिमालयनले ५% बोनस सेयर र १०.७९% नगद लाभांश वितरण गरेको थियो । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस