aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

एसबिआईको २० लाख करोड कर्जामा १.६३ लाख करोड खराब कर्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २८ कार्तिक २०७६
एसबिआईको २० लाख करोड कर्जामा १.६३ लाख करोड खराब कर्जा

एजेन्सी । स्टेट बैंक अफ इण्डिया (एसबीआइ) ले पछिल्लो ५ वर्षका बैंक डिफल्टरहरुको करिब १.६३ लाख करोड रुपैयाँको ऋणलाई खराब ऋणका रुपमा दर्ता गरेको छ । यो भारतका निजी क्षेत्रका बैंकहरुको भन्दा कयौ गुण बढी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

एसबीआइले आलोक इन्डष्ट्रिज, टाटा स्टिल विएसएल, इलेन्ट्रोस्टिल, एसकेएस पावर जेनेरेशन र अबान होल्डिंगको यस्तो शिर्षकमा रहेका १० जना डिफल्टर ऋणीको करिब २०,००० करोडभन्दा बढी ऋणको खाता बन्द गरेर अन्य प्रक्रियाबाट ऋण उठाउने प्रक्रियामा हालेको जनाएको छ । 

पछिल्लो पाँच वर्षमा एसबीआइले कुल १६३,९३४ करोड रुपैयाँ भारु बराबरको ऋण अहिलको  प्रक्रियाबाट अलग गर्दै राइट अफ गरेको जनाएको छ । पछिल्लो २ वर्षमा बैंकलाई ऋण मिनाह गर्ने अधिकार बैंकलाई दिएपछि बैंकले खराब ऋणीको ऋण खाता बन्द गर्ने निर्णय लिएको हो ।

बैंकले जुन ऋण अब उठ्दैन भन्न यकिन गर्छ र यस्ता ऋणीको लागि बैंकरप्सी कोड दिइन्छ र यस्ता सबै ऋणीलाई उक्त कोडमा दर्ता गरिन्छ । यस्तो कोडमा राखेका ऋणीहरुको खाताबाट अब ऋण उठ्दैन भन्ने संकेत गदर्छ । 

यसमा बैंकले  यो गैर बैंकिङ सम्पत्तिको रुपमा घोषणा गर्छ र ऋण उठाउने प्रक्रिया भने जारी नै राखेको हुन्छ । हाल एसबिआई बैंकका कुल आन्तरिक ऋणीको विवरण करिब २० लाख करोड भारु रुपैयाँ रहेको छ यसमा करिब ७.१९ प्रतिशत अर्थात १.६१ लाख करोड भारु रुपैयाँ खराब कर्जा रहेको छ ।

 कर्पोरेट क्षेत्रमा ९९,८३८ करोड रुपैयाँ सम्मको खराब कर्जा, कृषि क्षेत्रमा २७,५७७ करोड भारु रुपैयाँ, साना तथा मध्यम उद्योग २५,२०५ करोड रुपैयाँ, व्यक्तिगत एवं रिटेल लोन ७,१४२ करोड भारु रुपैयाँ सम्मको खराब कर्जाललाई भारतीय केन्द्रीय बैंकले बैंकलाई छुट दिएको हुन्छ । 

प्रतिक्रिया दिनुहोस