
काठमाडौं । चालू आवको तीन महिनामा एभरेष्ट बैंकले ६९ करोड ८ लाख नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ९ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा बैंकले ६३ करोड ३३ लाख नाफा कमाएको थियो ।
बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड छ । रिजर्भ कोषमा ६ अर्ब ९६ करोड छुट्याएको छ । बैंकको शेयर प्रिमियम २३ करोड ८४ लाख छ भने शेयरधनी कोषमा ३ अर्ब १ करोड छ । बैंकले यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । चालू आवको तीन महिनामा बैंकले १ खर्ब ३४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेको छ । प्रतिशेयर आम्दानी ३४ दशमलव ४३ र प्रतिशेयर नेटवर्थ २२७ दशमलव ३३ छ ।
प्रतिक्रिया दिनुहोस