
काठमाडौ । शुक्रबार तीन कम्पनीको वार्षिक साधारण सभा बोलाएका छन । मेगा बैंक, महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सले गत वर्षको वार्षिक साधारण सभा बोलाएका हुन । मेगाले प्रस्तावित ११ दशमलव ७५ प्रतिशत नगद लाभांश, महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोसन शेयर र कर प्रयोजनका लागि ९ दशमलव ८९ प्रतिशत नगद लाभांश सभामा छलफल गरी पारित गर्ने कार्यक्रम छ । त्यस्तै मेरो माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांशको प्रस्तावलाई अघि सारेको छ ।
मेगाले विहान ११ः३० बजे नेपाल पज्ञा प्रतिष्ठान , कमलादी काठमाडौंमा, महालक्ष्मी विकास बैंकले अल इन वन मार्ट, क्राउन बैंकेट, मिनभवनमा विहान १० बजे सभा बोलाएको हो भने मेरो माइक्रोफाइनान्सले विहान ११ बजे नुवाकोटमा सभा गर्ने भएको हो । मेगाले सभा प्रयोजनका लागि कात्तिक १५ गते र महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सले कात्तिक २० गतेदेखि बुक क्लोज गरेका छन् । बुक क्लोजको आधारमा अघिल्लो कारोबारसम्म कायम सदस्यहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन ।
प्रतिक्रिया दिनुहोस