
काठमाडौँ । माछापुच्छ्रे बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासमा ३७ करोड ६० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। आज प्रकाशित वित्तीयबिवरण अनुसार बैंकले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा बैंकको मुनाफा ४४ लाख अर्थात १.१६ प्रतिशतले बढी हो। यस अवधिमा बैंकसंग १५ करोड ५ लाख वितरणयोग्य मुनाफा रहेको छ।
बैंकले यस अवधिमा निक्षेप ७।१३ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ११.३७ प्रतिशतले बढेको छ। बैंकले ९१ अर्ब २७ करोड निक्षेप संकलन गरि ८६ अर्ब ६३ करोड कर्जा प्रवाह गरेको छ। यसबाट बैंकले मुख्य आम्दानीको रुपमा लिईने खुद ब्याज आम्दानी ९५ करोड २४ लाख आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८४ करोड २५ लाख थियो।
यस अवधिमा बैंकको चुक्तापुंजी ८ अर्ब ४५ करोड छ भने जगेडा कोषमा २ अर्ब २५ करोड रहेको छ। वित्तीय विवरणमा बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण गरेको लाभांश समायोजन गरिएको छ। बैंकले गत आर्थिक बर्ष ५ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश वितरण गरेको छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात ०।४७ प्रतिशतबाट झरेर ०.३१ प्रतिशतमा ओर्लिएको छ। त्यस्तै प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा, नेटवर्थ प्रति सेयर १२६ रुपैयाँ ६४ पैसा र मुल्य आम्दानीको अनुपात १२.६० गुणा रहेको छ।
प्रतिक्रिया दिनुहोस