aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एनएमबी बैंकले मार्यो छलांग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
एनएमबी बैंकले मार्यो  छलांग

काठमाडौँ । एनएमबी बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ८१ करोड ५१ लाख ३६ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा बैंकको नाफा ४८.०६ प्रतिशतले वृद्धि भएको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५५ करोड ०५ लाख ५६ हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ५३ करोड ६१ लाख ६८ हजार रहेको छ ।

बैंकले यस अबधिमा निक्षेप तथा कर्जा परिचालनमा समेत राम्रो प्रगति गरेको छ । आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा २४.५४ प्रतिशतले वृद्धि गर्दै १ खर्ब २१ अर्ब ९१ करोड २६ लाख ७३ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९७ अर्ब ८९ करोड २३ लाख २ हजार निक्षेप संकलन गरेको थियो ।

बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा परिचालनमा  २४.६७ प्रतिशतले वृद्धि गर्दै १ खर्ब १० अर्ब ३१ करोड ३५ लाख २५ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ८८ अर्ब ४८ करोड ५० लाख ३१ हजार कर्जा लगानी गरेको थियो ।

११ अर्ब ५२ करोड ९७ लाख ४२ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा ४ अर्ब ६९ करोड ९९ लाख २६ हजार राखेको छ ।  प्रथम त्रैमासमा बैंकले १ अर्ब २२ करोड ३६ लाख ५४ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा २५.३४ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा ९७ करोड ६२  लाख ९४ हजार  हजार खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सिसिडि रेसियो ७७.२७ प्रतिशत रहेको छ । यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी २८ रुपैयाँ २८ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १ सय ८२ रुपैयाँ ४० पैसा रहेको छ । बैंकको आधार ब्याजदर १०.३३ प्रतिशत र कोषको लागत ७.११ प्रतिशत रहेको छ । 

प्रतिक्रिया दिनुहोस