
काठमाडौं । गत वर्षको तुलनामा सेञ्चुरी बैंकको नाफा ९ करोड ६८ लाख रुपैयाँले वृद्धि भएको छ। चालू आर्थिक वर्षको तीन महिनामा बैंकले ३७ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ ।
यस अवधिमा ६१ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ करोड रुपैयाँ ऋण लगानी गरेको बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब २८ करोड रुपैयाँ छ। खुद ब्याज आम्दानी ११.४६ प्रतिशत, निक्षेप १.६० प्रतिशत र कर्जा २.८२ प्रतिशतले वृद्धि भएको छ।
प्रतिशेयर आम्दानी १७ रुपैयाँ पुगेको बैंकको पुँजीकोष अनुपात खराब कर्जा पनि बढेको छ। गत वर्ष ०.८२ प्रतिशत रहेको खराब कर्जा यस वर्ष बढेर २.४७ प्रतिशत पुगेको छ।
प्रतिक्रिया दिनुहोस