aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कुमारी बैंकको नाफा १४.२४ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ कार्तिक २०७६
कुमारी बैंकको नाफा १४.२४ प्रतिशतले बढ्यो

काठमाडौं। कुमारी बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालू आर्थिक बर्षको पहिलो त्रैमासमा ४० करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।उक्त अवधिमा बैंकले  गत वर्षको भन्दा १४.२४ प्रतिशतले नाफा आर्जन गर्न सफल भएको छ। 

यस अवधिमा बैंकले निक्षेप संकलन ६.९६ प्रतिशत र कर्जा लगानी ५.७९ प्रतिशतले बढ्दा खुद व्याज आम्दानीमा १२.३४ प्रतिशतले सुधार आएको छ। खुद व्याज आम्दानी ९१ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा ८१ करोड ७६ लाख रुपैयाँ थियो।

बैंकको वित्तीय विवरण अनुसार यस  अवधिमा ७८ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको सोही अवधिमा ७१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब एक करोड रुपैयाँ लगानी गरेको थियो।  बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस