
काठमाडौं । समता लघुवित्तको २ सय प्रतिशत हकप्रद शेयरमा आवेदन दिने मंसिर १ गते आइतबार अन्तिम दिन रहेको छ । कम्पनीले असोज २६ गतेदेखि १ बराबर २ को अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । प्रतिशेयर १०० अंकित यस हकप्रद शेयर खरिदका लागि भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।
कम्पनीले ६ करोड ६ लाख ७२ हजार चुक्तापूँजीको आधारमा २ सय प्रतिशत हकप्रद शेयर जारी गरेको हो । हकप्रद प्रयोजनका लागि अशोज १ गते कम्पनीले बुक क्लोज गरेको थियो । हकप्रद विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले यस वर्ष १५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि १६ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस