
काठमाडौं । महालक्ष्मी विकास बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश साधारणसभाबाट पारित गरेको छ । शुक्रबार सम्पन्न १८ औँ वार्षिक साधारणसभाले मुनाफाबाट ९.८९ प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस शेयर पारित गरेको हो ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ । बैंकले हालसम्म करिब ३४ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस