aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सधै गम्भिर अर्थमन्त्री शनिवार किन देखिए दंग ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० कार्तिक २०७६
सधै गम्भिर अर्थमन्त्री शनिवार किन देखिए दंग ?

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा सधै गम्भिर भएर प्रस्तुत हुने गर्छन । औपचारिक कार्यक्रमहरुमा उनको औपचारिकता निक्कै ‘रोबोटिक’ लाग्छ । तर, शनिबार नेपाल बैंकको ८३ औं वार्षिकोत्सवमा भने उनी अलि भिन्नै रुपमा प्रस्तुत भए । भावभंगीमा देखिएको प्रसन्नता अन्तत सम्बोधनका क्रममा समेत देखियो ।  

अर्थमन्त्री डा. खतिवडाले निक्कै मक्ख पर्दै भने, म नेपाल राष्ट्र बैैंकको गभर्नर भएको बेलामा ‘लिक्विडेसन’ हुनबाट बचाएको नेपाल बैंकको नाफा लिन मैले नै पाउने भए ।’ उनले भने, ‘नेपाल बैंकलाई मर्न दिनुहुन्न भनेर त्यसबेला नै बैंकको पुँजीकोषका लागि चेक काटेर अर्थमन्त्रालय पठाएको थिए ।’

५१ प्रतिशत सरकारी लगानी रहेको नेपाल बैंकको नाफा देखेर अब भने आफूले त्यसबेला सरकारसँग जबरजस्ती गरेर लगानी थप्न लगाएको अब भने बैंकले नाफाका रुपमा दिन सक्ने भएको प्रति उनी निक्कै दंग देखिएका थिए ।

आफ्नो कामलाई निकै जोडका साथ उदाहरणका रुपमा प्रस्तुत गर्दै अर्थमन्त्रीले नेपाल बैंकको वर्तमान नेतृत्वलाई नेपाल बैंक नेपाल पहिलो बैंक मात्र होइन यसको इतिहास गौरवपूर्णमा मात्रै छैन उन भने । अबको नेतृत्वले विगतका गौरवपूर्ण इतिहासलाई मात्र साथ लिएर बास्तवमै गौरवको बैंक बनाउन जरुरी रहेको सुझाव समेत दिए । 

राष्ट्र बैंकमा रहदा आफ्नो सम्पूर्ण समयको १० प्रतिशत समय भने नेपाल बैंकलाई सुधार्न खर्च गरेकाले एक जना गभर्नरले एउटा बैंकलाई आफ्नो काम गरेको समयको १० प्रतिशत दिन पर्ने अबस्था आउनु भनेको पक्कै पनि त्यहा धेरै समस्या थिए भन्ने अहिलेको व्यबस्थापनले सोच्न पर्ने उनले बताए । 

त्यसबेला बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री बनाउनु पर्छभन्दा नेपाल बैंकका सबै कर्मचारीहरु हड्तालमा नै उत्रेका थिए । तर, अहिले भने नेपाल बैंकमा सबै नयाँ अनुहार र नयाँ जोसजागरका साथ आएका युवा टिम छ त्यसैले अहिले त्यस्तो अबस्था नभएको उनले बताए । 

सरकारले घोषणा गरेका योजनालाई सरकारी स्वामित्व रहेका बैंकले साथ नदिएको गुनासो अर्थमन्त्री डा. खतिवडाले गरे । उनले भने, ‘सरकारले लगानी गरेका बैंकलाई अन्य बैंक सरह नै व्यापार हुने योजना दिएका छौं तर पनि बैंकले काम गरिरहेका छैनन यो किन भइरहेको छ ।’

कर्मचारी युनियन प्रति उनले व्यङग्यो गर्दै भने, ‘कुनै उद्योगमा काम गर्न कर्मचारीको युनियन र बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारी युनियन एकै प्रकारको हुनै सक्दैन । ’उनले भने, बैंक तथा वित्तीय संस्थाका कर्मचारी भनेका भोलि यहि बैंकको प्रमुख कार्यकारी अधिकृत भएर आउने सम्भावन पनि हुन्छ त्यसैले कर्मचारीहरुले अहिलेदेखिनै सोचेर युनियन निर्माण गर्नु पर्यो ।’

कार्यक्रममा कर्मचारी युनियनका नेताहरुले नेपाल बैंकमा २०६१ सालदेखि सेवा सुविधा नबढको गुनासो गरेका प्रति अर्थमन्त्रीले भने, ‘नेपाल बैंकमा हाल २२१० जना कर्मचारी छन् अहिलेको बैंक ल्याएको निक्षेप हेर्दा एक जनाको भागमा ५देखि ६ करोड पुग्दो रहेछ पहिला ३४ सय कर्मचारी भएको बेलामा प्रति कर्मचारी एक लाख रुपैयाँ पनि पर्दैन थियो अनि तलब सुविधा कसरी बढाउने अहिले पनि तपाईहरुले कम्पनीमा एक जना कर्मचारीले १० करोड बढी व्यापार ल्याउनु होस तपाईहरुको सेवा सुविधा आफै वृद्धि हुन्छ ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कमु गभर्नर चिन्तामणी सिवाकोटीले नेपाल बैंकले अब सूचना प्रविधिमा लगानी गर्न ढिला गर्न नहुने बताएका थिए । नेपाल बैंक अन्य बैंकसँग सबै प्रकारले प्रतिस्पर्दा गर्न सक्षम भइसक्यो तर सूचना प्रविधिमा भने पुरानो प्रणालीबाट सञ्चालनमा रहेकाले यसको जोखिमलाई ध्यानमा राखेर जतिसक्दो प्रविधिको स्तरउन्नत गर्न सुझाव दिए । बैंकले आफ्नो ८३ औं वार्षिकोत्सवका अबसरमा नेपाल बैंक संग्राहलयको समेत स्थापना गरेको छ । बैंकले शनिबारै १८ वटा नयाँ शाखाको उद्घाटन समेत गरेको छ ।  


 

प्रतिक्रिया दिनुहोस