
काठमाडौं । एन आई सी एशिया बैंकले चालु आ.व. २०७६/७७ को प्रथम त्रयमासको अपरिस्कृत वित्तीय विवरणे सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेका छन् ।
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैयमाससम्म वार्षिक विन्दुगत आधारमा ३५ प्रतिशत ( ३७ करोड रुपैयाँ) ले वृद्धि गरी १ अर्ब ४३ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३४ प्रतिशत (२६ करोड) को वृद्धि सहित १ अर्ब १ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा ७५ करोड रुपैयाँ रहेको थियो ।
कर्जातर्फ यस आर्थिक वर्षको प्रथम त्रयमासमा १३ अर्ब रुपैयाँको वृद्धि तथा वार्षिक विन्दुगत आधारमा २४ अर्ब रुपैयाँको वृद्धि गरी १६३ अर्ब रुपैयाँ र निक्षेप संकलनतर्फ यस आर्थिक वर्षको प्रथम त्रयमासमा ४ अर्ब रुपैयाँको वृद्धि तथा वार्षिक विन्दुगत आधारमा १७ अर्ब रुपैयाँको वृद्धि गरी १८५ अर्ब रुपैयाँ पु¥याउन सफल भएको छ ।
यसरी निक्षेप, कर्जा तथा अन्य वित्तीय परिसूचकहरुमा यस बैंक शिर्ष स्थानमा रहेको छ । बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय ११ प्रतिशतले वृद्धि गरी ४०.३८ रुपैयाँ तथा स्वपूँजीमा प्रतिफल १८ प्रतिशतले वृद्धि गरी २७.०५ प्रतिशत पु¥याउन सफल भएको छ ।
बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्सटेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ
प्रतिक्रिया दिनुहोस