aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एनसीसी बैंकका ग्राहकलाई नेपाल मेडिसिटि अस्पतालमा विशेष छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
एनसीसी बैंकका ग्राहकलाई नेपाल मेडिसिटि अस्पतालमा विशेष छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल मेडिसिटि अस्पतालकाबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  रमेश राज अर्याल र नेपाल मेडिसिटि अस्पतालका तर्फबाट महाप्रबन्धक  विजय रिमालले हस्ताक्षर गरेका थिए ।  सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरुले नेपाल मेडिसिटि अस्पतालका सेवाहरुमा विशेष छुट पाउनेछन् । 

बैंकका ग्राहकहरmले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् । बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस