aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

‘लक्ष्मी बैंक डिबेन्चर २०८६’ बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
‘लक्ष्मी बैंक डिबेन्चर २०८६’ बाँडफाँड

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडबाट निष्कासित रु २ अर्ब मूल्य बराबरको १०% लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड भएको छ । 

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेड विक्री प्रबन्धक रहेको सो ऋणपत्रमा शत प्रतिशत आवेदन प्राप्त परेको थियो । कूल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २ सय ६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९ हजार ९ सय ९६ कित्ता र व्यक्तिगत तवर तर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९ लाख २० हजार ४ कित्ता ऋणपत्र जारी गरिएको हो । 

ऋणपत्रको आवेदन २०७६ साल आश्विन २३ गते सुरु भई कात्तिक २२ गते समाप्त भएको थियो । 

आइतबार लक्ष्मी बैंक लिमिटेडको केन्द्रिय कार्यालय, हात्तीसारमा एक कार्यक्रमका बीच उक्त ऋण्पत्र बाँडफाँड गरेको हो । कार्यक्रममा दुवै कम्पनीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस