aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ मंसिर २०७६
लक्ष्मी बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं । लक्ष्मी बैंकद्वारा निष्कासित २ अर्ब मूल्य बराबरको १० प्रतिशत ब्याजदरको लक्ष्मी बैंक डिबेन्चर, २०८६ को बाँडफाँड भएको छ । कुल निष्कासित २० लाख कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २६५ जना आवेदकलाई माग गरेबमोजिम नै ७९,९९६ कित्ता र व्यक्तिगत तवरतर्फ २३ जना आवेदकलाई माग गरेबमोजिम नै १९,२०,००४ कित्ता ऋणपत्र बाँडफाँड भएको हो ।

लक्ष्मी बैंकले ४८ जिल्लामा ११६ शाखा, २ एक्सेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टबाट सेवा प्रवाह गरेको छ ।


 

प्रतिक्रिया दिनुहोस