
काठमाडौं । मंसिर १ गते कर दिवसका अवसरमा कामना सेवा विकास बैंकलाई सरकारले सम्मान गरेको छ । आर्थिक वर्ष २०७४/०७५ मा मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा “आठौं राष्ट्रिय कर दिवस, २०७६“ को अवसरमा आन्तरिक राजस्व विभाग लाजिमपाट, काठमाडौंबाट सम्मानित भएको हो ।
प्रतिक्रिया दिनुहोस