aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

५ बाणिज्य बैंकको अझै लाभांश घोषणा हुन बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ मंसिर २०७६
५ बाणिज्य बैंकको अझै लाभांश घोषणा हुन बाँकी

काठमाडौं । यस वर्ष धितोपत्र बजारमा सूचीकृत २७ वाणिज्य बैंकहरुमध्ये २२ वाणिज्य बैंकहरुले गत वर्षको लाभांश घोषणा गरेका छन । जसमध्ये ९ बैंकहरुले साधारणसभा आयोजना गरी पारित समेत गरिसकेका छन । चालू आर्थिक वर्षको ६ महिनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने अवस्थामा अझै ५ बाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न बाँकी छ । 

नेपाल बैंक , कृषि विकास बैंक, एनसिसि बैंक र प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेका छैनन । यस वर्ष हालसम्म घोषणा भएको लाभांश मध्य एनएमबि बैंकको सबैभन्दा बढी रहेको छ । ओम डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेको यस बैंकले यस वर्ष ३५ प्रतिशत लाभांश (२१ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश ) दिने प्रस्ताव गरेको छ । नेपालमा सञ्चालित २८ वाणिज्य बैंक मध्य राष्ट्रिय वाणिज्य बैंक भने धितोपत्र बजारमा सूचीकृत छैन । 

प्रतिक्रिया दिनुहोस