aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मर्जरमा जान ग्लोबल आइएमई र जनता बैंकको आज साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ मंसिर २०७६
मर्जरमा जान ग्लोबल आइएमई र जनता बैंकको आज साधारण सभा

काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंकले आज एकआपसमा गाभिने प्रस्ताव र प्रस्तावित लाभांश पारित गर्न दुवै बैंकले साधारण सभा बोलाएका छन् । ग्लोबल आइएमईले १२ दशमलव ७५ प्रतिशत बोनस शेयर र १२ दशमलव ७५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । 
त्यस्तै जनता बैंकले ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यसअघि दुई बैंकबीच जनता बैंक नेपालको १०० कित्ता शेयर बराबर ग्लोबल आइएमई बैंक लिमिटेडको ८५ कित्ता शेयर आदानप्रदान अनुपात कायम गर्ने सहमति भएको छ ।
 

प्रतिक्रिया दिनुहोस