
काठमाडौं । मुक्तिनाथ विकास बैंकको ४ लाख ३ हजार २२० कित्ता सेयर लिलामीमा आउने भएको छ । जसमध्ये १ लाख २ हजार ५१६ कित्ता संस्थापक र ३ लाख ७०३ कित्ता सेयर सर्वसाधरणतर्फको रहेको छ ।
बैंकले हकप्रद सेयर जारी गर्दा सबै बिक्री नभएपछि त्यसलाई लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । यो लिलामी सेयरमा मंसिर ८ गतेदेखि १५ गतेसम्म आवेदन दिन पाइने छ ।
न्यूनतम अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर बोलकबोल गर्नुपर्छ । बैंकले बोलकबोलका लागि काठमाडौं उपत्यकामा मुक्तिनाथ क्यापिटल, ट्रेड टावरमा संकलन केन्द्र तोकेको छ ।
साथै, उपत्यका बाहिर पृथ्वीचोक पोखरा, नेपालगञ्ज, धनगढी, सुर्खेत, विराटनगर र जनकपुरबाट लिलामीमा आवेदन दिन सकिनेछ । बैंकले गत भदौ १२ गतेदखि कात्तिक १५ गतेसम्म २०% हकप्रद सेयर बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस