aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लक्ष्मी बैंकको शाखा सुर्खेतको छिञ्चुमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०२ मंसिर २०७६
लक्ष्मी बैंकको शाखा सुर्खेतको छिञ्चुमा

काठमाडौं । लक्ष्मी बैंकले सुर्खेतको छिञ्चुमा शाखा विस्तार गरेको छ ।

बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा ११७ औँ शाखा सुर्खेतको छिञ्चुमा संचालनमा ल्याएकोे हो ।

यो शाखाका साथ लक्ष्मी बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायीकर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सेवा विस्तार गर्दैआएको विज्ञप्तीमा जनाइएको छ ।

यो शाखासँगै बैंकको संजाल ४८ जिल्लामा ११७ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४२ ए.टि.एम., २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस