
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबिच बैंकका ग्राहकवर्गलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट,क्रेडिट र प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकमहानूभावहरुले चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया दिनुहोस