aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ ल्याउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ मंसिर २०७६
इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ  ल्याउँदै

काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका साथ संचालनमा आएकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ करोड कित्ता आइपीओ ल्याउने भएको छ । यहि मंसिर २९ गते साधारण सभा डाकेको यस बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ ल्याउने प्रस्ताव पेश गर्दैछ ।

सभाबाट पारित भएसँगै बैंकले नेपाली धितोपत्र बोर्डमा आवेदन दिने प्रक्रिया अघि बढाउने भएकाे छ । यो नेपाली पुँजी बजारको अहिलेसम्मकै ठूलो आइपीओ हुनेछ ।

सभा र्याडिसन होटल, लाजिम्पाटमा दिउँसो ४ बजेदेखि सुरु हुने छ । आइपीओ जारी प्रस्तावसँगै बैंकको चुक्ता पुँजी पनि १२ अर्ब बाट बढाएर २० अर्ब पुर्याउने एजेन्डा हुनेछ । सोही अनुसार बैंकको प्रबन्धपत्र संशोधन गरिने एजेन्डा पनि छ । संस्थापक समूहबाट प्रतिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ । 

आर्थिक वर्ष २०७४।७५ र २०७५।७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७६।७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

यस बैंकले हाल कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस