
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीको बैंक खाता खोल्ने अधियान अन्तरगत सरकारले सार्वजनिक गरेको 'खोलौं बैंक खाता अभियान'लाई तिव्रता दिइने बताएकी थिइन ।
अहिले सञ्चालनमा रहेका २८ वटा वाणिज्य बैंक शाखा विस्तार गर्ने होडबाजीमा लागेका छन् ।तर पनि संघीय संरचना अनुसार बनाइएका सात सय ५३ स्थानीय तहमध्ये हालसम्म ७ सय १३ स्थानमा शाखा स्थापना गरिसकेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ ।
अझै ४० स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । यस्तो अबस्थामा सबै नेपालीको बैंक खाता खोलौ भन्ने सरकारको नारा कसरी पुरा होला अर्को स्थानीय जनताको स्वामित्व रहेका साना साना बैंकलाई राष्ट्रिय पुँजीपतिहरु(ठूला बैंक)सँग गाभिदिएपछि अब देशका दुरदराजमा रहेका न्यून आय भएका मानिसको पहुँच ती बैंकमा पुग्नै पुस्किल हुने संभावना बढेको छ ।
फागुनसम्ममा सबै वाणिज्य बैंकले ३३०५ शाखा खोलिसकेका छन् । अझै खोल्दै जाने क्रममा बैंक छन् । संघीय संरचना अनुसार बनाइएका सात सय ५३ स्थानीय तहमध्ये हालसम्म ७ सय १३ स्थानमा शाखा स्थापना गरिसकेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ । अझै ४० स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् ।
प्रदेश ६ मा अझै १४ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । उक्त प्रदेशमा ७९ स्थानीय तहमध्ये ६५ स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । यो प्रदेशका स्थानीय तहमा सबैभन्दा बढी शाखा पुग्न बाँकी छ ।
प्रदेश १ मा १३७ स्थानीय तहमध्ये १३० स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । दोस्रो बढी बैंकको उपस्थिति नभएको यो प्रदेश हो ।
त्यसैगरी प्रदेश ७ मा ८८ स्थानीय तहमध्ये ८२ वटा स्थानीय तहमा मात्र बैंकका शाखा पुगेका छन् । यो तेस्रो बढी बैंकको उपस्थिति नभएको प्रदेश हो । उक्त प्रदेशमा अझै ६ स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् ।
प्रदेश ३ का अझै पाँच स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । उक्त प्रदेशमा कुल ११९ स्थानीय तहमध्ये ११४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । यो स्थानीय तह चौथो बढी बैंकका शाखा पुग्न बाँकीमा पर्दछ ।
प्रदेश २ र ४ मा बराबरी ३–३ स्थानीय तहमा शाखा पुग्न बाँकी छ । प्रदेश ५ मा सबैभन्दा बढी स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । उक्त प्रदेशमा दुई स्थानीय तहमा मात्र बैंक पुग्न सकेका छैनन् । कुल १०९ स्थानीय तहमध्ये १०७ स्थानिय तहमा बैंकका शाखा पुगेका छन् ।
क्षेत्रगत रुपमा स्थानीय तहमा बैंकको पँहुच जसरी बढ्दै छ, जनसंख्याका आधारमा पनि बैंकको पहँुच बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले कुल जनसंख्याको ६० प्रतिशतलाई सेवा दिइरहेका छन् । बैंकहरुले मात्र ४० प्रतिशत जनतामा बैंकिङ पहुँच पुर्याएका छन् । पहिला ग्राहक बैंकमा धाउनुपर्ने स्थिति थियो भने अहिले बैंक ग्राहक कहाँ जाने ‘ट्रेन्ड’ स्थापित भएको छ । बैंक तथा वित्तीय संस्थाको प्रतिस्पर्धात्मक उपस्थितिको उपज हो यो, जसले साना व्यवसायी, उद्यमी र निक्षेपकर्तालाई सहज बनाइदिएको छ ।
सुकिला मुकिला सञ्चालक रहेको बैंकको शाखा एक कोश टाढा खोल्दैमा एउटा गाउँपालिकाको सामान्य परिवारको मानिस त्यो बैंकको शाखामा खाता खोल्न जान्छ भन्ने आधार के छ जुन बैंकसँग उसको जिल्ला वा प्रदेशकै व्यवसायीको सम्बन्ध हु्ँदैन ?
प्रतिक्रिया दिनुहोस