aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

एनआईसी एशिया बैंकले फेरि नयाँ निक्षेप योजना ल्यायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ मंसिर २०७६
एनआईसी एशिया बैंकले फेरि नयाँ निक्षेप योजना ल्यायो

काठमाडौं । एन आई सी एशिया बैंकले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गरेको छ । उपयुक्त “सुपर चमत्कारिक मासिक निक्षेप खाता” यस बैंकमा खाता भएका इच्छुक सबै खातावाहकहरु र नयाँ खाता खोल्न सक्ने बैंकले जनाएको छ ।  

यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम  ५०० रुपैयाँको गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ । कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा  १०० को रुपैयाँ गुणन दरले  ५०० रुपैयाँ भन्दा बढी रकम जम्मा गरी ९.७५ प्रतिशत व्याज उपलब्ध हुने बैंकले जानकारी गराएको छ ।  

कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्कबिना यथास्थितिमा बुझाउन सकिने सुविधा समेत रहेको छ । मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा पनि यस योजनामा रहेको छ । 

यस खातावाहकले निक्षेपको ९० प्रतिशतसम्म कर्जा तथा निक्षेप योेजनाको ५० प्रतिशत परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न पनि सकिने सुविधा छ । 


 

प्रतिक्रिया दिनुहोस