
काठमाडौं । नेपाल एसबिआई बैंकले मंसिर २९ गतेका लागि २६ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको साधारण सभा प्रयोजनका लागि मंसिर १३ गतेदेखि बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीहरु सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन ।
बैंकले यस वर्ष १० दशमलव ८४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । बैंकले हाल कायम ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ चुक्तापूँजीको आधारमा शेयरधनीहरुलाई उक्त लाभांश दिने निर्णय गरेको हो । साधारण सभा विहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब , भद्रकालीमा सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस