aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

छिमेक लघुवित्तको लाभांश राष्ट्रबैंकले गर्यो स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ मंसिर २०७६
छिमेक लघुवित्तको लाभांश राष्ट्रबैंकले गर्यो स्वीकृत

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । कम्पनीले प्रस्ताव गरेको २७ दशमलव १२ प्रतिशत बोनस शेयर र १७ दशमलव २२ प्रतिशत नगद लाभांशलाई राष्ट्र बैंकले मङ्गलबार स्वीकृति प्रदान गरेको हो । 

राष्ट्र बैंकको स्वीकृति पाएसँगै कम्पनीले उक्त प्रस्तावलाई आगामी साधारण सभामा पेश गर्न सक्नेछ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।
 

 

प्रतिक्रिया दिनुहोस