
गोरखा । साधना लघुबित्त वित्तीय संस्थाले स्थापनाको दोस्रो वर्ष पुरा गरी तेस्रो वर्ष प्रवेश गरेको अवसरमा गोरखा नगरपालिका स्थित गोरखा बजारमा सरसफाई कार्यक्रमकोे आयोजना गरी सम्पन्न गरेको छ ।
गोरखाको ठूलो आँगनवाट शुरु गरिएको सरसफाई कार्य हरमटारीचोक, घ्याम्पेसाल बसपार्क हुँदै वित्तीय संस्थाको कार्यालय प्राङ्गणमा गई समापन गरेको थियो । कार्यक्रममा बोल्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्ब अन्र्तगत रही नगर सरसफाई कार्यक्रमको आयोजना गरिएको र आगमि दिनहरुमा यस सामाजिक अभियानलाई मासिक रुपमा निरन्तरता दिने बताए ।
वित्तीय संस्थाका अध्यक्ष कृष्ण वहादुर थापाले वित्तीय संस्थाले छोटो समयमा नै ग्राहक सदस्यहरुको मन जित्न सफल भएकोमा खुसी ब्यक्त गर्दे अझै थप सफलताका अझ बढी कार्यसम्पादन गर्न आग्रह गरेका थिए । कार्यक्रममा उत्कृट कर्मचारीहरु क्रमश आशिष कुमार तामाङलाई वर्ष कर्मचारी आवार्डबाट सम्मान गरिएको थियो । साधना लघुबित्त वित्तीय संस्थाले कार्तिक मसान्त सम्ममा ४७ बटा शाखा कार्यालयबाट ३८००० घरपरिबारलाई वित्तीय सेबा प्रबाह गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस