
काठमाडौं । एन आई सी एशिया बैंकले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता सार्वजनिक गर्दै बैंकर संघसँगको भद्र सहमति तोडेको छ । सोमबार बैंकबाट मृदुला खनालको नामबाट इमेल आयो विभिन्न सञ्चारमाध्यममा उक्त समाचार निक्कै प्रथमिकताका साथमा प्रकाशन पनि गरे । तर, समाचार प्रकाशन भएको केहि मिनेट नबित्दै बैंकबाट सञ्चारगृहमा फोन आयो र उक्त समाचार हटाउन भनियो । बैंकले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” मा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम ५०० रुपैयाँको गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिने भनिएको थियो ।
कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा १०० को रुपैयाँ गुणन दरले ५०० रुपैयाँ भन्दा बढी रकम जम्मा गरी ९.७५ प्रतिशतसम्म व्याज दिने उल्लेख थियो । बैंकबाट बाम्बार फोन आउँनु र समाचारमा व्याजदर ९.२५ हुनुले बैंक वृत्तमा यो समाचारले हल्लिखल्लि भने मच्चासकेको रुह्ेको छ । राष्ट बैंकबाट समेत एनआइसी बैंकलाई यो कसको सहमतिमा योजना सार्वजनिक गरिएको भन्ने प्रश्न आइसकेको रहेछ । नेपाल राष्ट्र बैंकबाट फोन आएपछि बैंकले यक्त योजना स्थगित गर्ने निर्णय गरेका कारणले सञ्चारमाध्यमको समाचार हटाउन निर्देशन भएको रहेछ ।
प्रतिक्रिया दिनुहोस