
काठमाडौं । नेपाल एसबीआई बैंकले मंसिर २९ गते साधारण सभा बोलाएको छ । बैंकले बुधबार सूचना जारी गर्दै साधारण सभा गर्ने जनाएकाे हाे ।
सभामा बैंकले १६.८४% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत वर्षको नाफाबाट ६% बोनस सेयर र १०.८४% नगद लाभांश वितरण गर्न लागेको छ ।
उक्त साधारण सभाले ५० करोड ६९ लाख ५५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ भने ९१ करोड ५८ लाख ९८ हजार ७०० रुपैयाँ नगद वितरणमा खर्च गर्नेछ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख ५० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ८ अर्ब ९५ करोड ६२ लाख ५ हजार रुपैयाँ पुग्नेछ ।
साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुने जनाएकाे छ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा सभामा पेश गर्नेछ । बोनस पश्चात अधिकृत पुँजी र चुक्ता पुँजी वृद्धि हुने हुँदा सोही बमोजिम नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्ताव पनि पेश हुनेछ । आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । साधारण सभा गर्न बैंकले मंसिर १३ गतेदेखि २९ गतेसम्म बुक क्लोज गर्ने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस