
काठमाडौं । झण्डै अढाई दशकपछि नेपाल बैंकले २५ प्रतिशत लाभांश दिने घोषणा गरेपछि शेयर बजारमा एउटा तरंग नै आएको छ । यस वर्ष नेपाल बैंकले राम्रो लाभांश दिँदै छ भन्ने सन्देश पहिलेदेखि नै बजारमा फैलिएको थियो ।
लगानीकर्ताले सोचेअनुसार नै नेपाल बैंकले लाभांश दिने निर्णय गरेको छ । त्यस्तै लगानीकर्ताले सोच्दै नसोचेको ३५ प्रतिशत लाभांश एनएमबि बैैंकले दियो । यसले त बजारमा तहल्का नै मच्चाउने काम गर्यो ।
एनएमबि बैंकले अहिले जति लाभांश घोषणा गरेको छ । त्यति लाभांश अन्य कुनै वाणिज्य बैंकले घोषणा गर्न सकेका छैनन् । बजारमा एकछत्र कायम गरेको हल्ला फैलाएका नबिल, स्टान्डर्ड चार्टर्ड, एभरेष्ट बैंकलाई पछि पार्दै एनएमबि बैंकले उच्च लाभांश वितरण गर्ने प्रस्ताव गर्यो । नयाँ बैंकले पुराना बैंकलाई उछिनेर लाभांश घोषणा गरेको यो पहिलोपटक हो । यसले के देखाउँछ भने नयाँ बैंक एग्रेसिभ रुपमा अगाडि बढेका छन र पुराना बैंक सुस्ताउन थालेका छन् ।
२८ वाणिज्य बैंकमध्ये हालसम्म २३ वटाले लाभांश घोषणा गरेका छन् । तीमध्ये केहीले वार्षिक साधारणसभा गरेर धमाधम शेयरधनीको खातामा रकम पठाइरहेका छन् । केही बैंकले भने वार्षिक साधारणसभा गर्दै छन् ।
अझै चार वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छैनन् र लाभांश घोषणा गर्ने तयारीमा रहेको छन् । कुमारी बैंक, एनआईसी एसिया, सिटिजन्स, सिद्धार्थ, सानिमा, बैंक अफ काठमाण्डू, माछापुच्छ्रे, सनराइज, ग्लोबल आइएमइर्, जनता, मेगागायतका बैंकले वार्षिक साधारणसभा गरेर शेयरधनीलाई लाभांश वितरण गरिरहेका छन् ।
धेरै नाफा कमाउनेसहित अझै चार वटा वाणिज्य बैंक लाभांश घोषणा गर्न बाँकी छन् । पुस मसान्तभित्र वार्षिक साधारणसभा गरिसक्नुपर्ने भएकाले लाभांश घोषणा गर्न बाँकी वाणिज्य बैंकले पनि केही दिनभित्रै घोषणा गर्ने तयारीमा गरिरहेका छन् ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई तोकेको न्यूनतम चुक्ता पुँजी ८ अर्ब पुर्याए पनि नगद लाभांशसँगै बोनस शेयर दिइरहेका छन् । चुक्ता पुँजी ८ अर्ब पुर्याउनुपर्ने बाध्यता हुँदासम्म बोनस शेयर वितरण गर्दै आएका बैंकले यसपटकदेखि नगदसँगै केही मात्रमा बोनस शेयर दिएका छन् ।
अहिलेसम्म लाभांश घोषणा गरेको २३ वाणिज्य बैंकमध्ये धेरैजसोले नगद बढी र बोनस कम वितरण गर्दै छन् । मेगा बैंक, सिभिल र स्टान्डर्ड चार्टर्डले त यसपटक नगद लाभांश मात्र वितरण गर्दैछन् ।
गत वर्षभन्दा यो वर्ष बढाएर लाभांश घोषणा गरिरहेका छन् । अधिकांश बैंकले अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा नाफा बढी कमाएका कारण लाभांश दर पनि बढाएका हुन् ।
लाभांश घोषणा गर्न बाँकी चार बैंकले पनि सञ्चालक समितिमा लाभांश कति दिने भन्ने बारेमा छलफल गर्न थालेका छन् । यसअघिका वर्षमा जस्तै यस वर्ष पनि बैंकहरूबीच लाभांश कसले बढी वितरण गर्ने भन्ने प्रतिस्पर्धा छ ।
लाभांश घोषणा गर्न बाँकी बैंकलाई लाभांश बढी वितरण गर्न दबाब सिर्जना भएको छ ।
बैंक बोनस शेयर नगद लाभांश
एनआइसी एसिया बैंक १० ११.०५
सानिमा बैंक १० ११.०५
बैंक अफ काठमाण्डू ६ ११
माछापुच्छ्रे बैंक ५ ११
सिटिजन्स बैंक ३ १२
कुमारी बैंक १० ०.५२
ग्लोबल आइएमई बैंक १२.७५ १२.७५
नेपाल एसबिआई बैंक ६ १०.८४
मेगा बैंक – ११.७५
जनता बैंक ६ ६
सनराइज बैंक १० ५.८
सिद्धार्थ बैंक १० १५.२६
प्रभु बैंक १६ ०.८४
नबिल बैंक १२ २२
नेपाल बंगालादेश ५ ७
लक्ष्मी बैंक १० ५
स्टान्डर्ड चार्टर्ड – २२.५०
एभरेष्ट बैंक ५ २०
सिभिल बैंक – ६.५७
नेपाल बैंक १५ १०
एनएमबी बैंक २१ १४
हिमालयन बैंक १० १२
नेपाल इन्भेष्टमेन्ट बैंक १०.५ ८.५
लाभांश घोषणा गर्न बाँकी बैंक
कृषि विकास बैंक
प्राइम कमर्सियल बैंक
एनसीसी बैंक
सेञ्चुरी बैंक
प्रतिक्रिया दिनुहोस