aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

दवावपछि एनआइसी एशिया बैंक 'व्याक' हट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
दवावपछि एनआइसी एशिया बैंक 'व्याक' हट्यो

काठमाडौं । एन आई सी एशिया बैंक  अन्ततः 'व्याक' हटेको छ । सोमबार बैंकले निक्षेपमा आकर्षण व्यादरका साथमा सार्वजनिक गरेको  “सुपर चमत्कारिक मासिक निक्षेप खाता”  राष्ट्र बैंक र बैकर्स एसोसिएसनाको दवावका कारण योभन्दा पहिला सार्वजनिक गरेको निक्षेप योजनाको अगाडि सुपरमात्र थपेर आज विज्ञप्ति जारी गरेको छ  । 

बैंकले सोमबार जारी गरेको विज्ञप्तिका सम्वन्ध यस्तो स्पष्टिकरण दिएको छ, ‘विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित समाचार प्रति बैंकको ध्यानाकर्षण भएकोले यस सम्बन्धि सत्य तथ्य प्रस्ट्याउन यो विज्ञप्ति जारी गरीएको छ । बंैकले आफ्ना ग्राहक महानुभावहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्वेश्यले “सुपर चमत्कारिक मासिक निक्षेप खाता” योजना सार्वजनिक गरेको जानकारी गराउदै उक्त योजना बैंकको “सुपर चमत्कारिक रिकरिङ्ग निक्षेप खाता” को नाम परिर्वतन मात्र रहेको समेत जानकारी गराइन्छ ।  आम जनमासहरुलाई सजिलोसंग बुझ्न र बुझाउन सजिलो होस भन्ने हेतुले यस योजनालाई “सुपर चमत्कारिक मासिक निक्षेप खाता” भनि नामाङ्कन गरीएको हो ।’ 

एन आई सी एशियाको 'सुपर चमत्कारिक निक्षेप' योजना कसले रोक्यो ?

एनआईसी एशिया बैंकले फेरि नयाँ निक्षेप योजना ल्यायो

 

प्रतिक्रिया दिनुहोस