aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गणपति माइक्रोफाइनान्सको खुद नाफा ५४ लाख ६४ हजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ मंसिर २०७६
गणपति माइक्रोफाइनान्सको खुद नाफा ५४ लाख ६४ हजार

काठमाडौं । गणपति माईक्रोफाइनान्स वित्तीय संस्थाको पहिलो त्रैमासमा खुद नाफा ५४ लाख ६४ हजार भएको छ । साथै वित्तीय संस्थाले आश्विन मसान्त सम्म रु. २६ करोड ५ लाख ६२ हजार बचत संकल गर्न सफल भएको छ ।

संस्थाको आ.ब. २०७६-७७ को प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । मंगलबार देखि बुधबारसम्म चलेको समिक्षा गोष्ठीमा ३१ वटा शाखाका शाखा प्रबन्धक तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले मंसिर २ गते होटल डे–ब्रेक बेगनासताल पोखरामा गरेका हुन् । 

तनहुँको दुलेगौंडामा केन्द्रिय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७६ आश्विन मसान्त सम्ममा १६ जिल्लाका ३१ वटा शाखा कार्यालयहरु मार्फत १८,२०६ घरपरिवारमा वित्तीय सेवा पु¥याईरहेको छ । उक्त अवधीसम्म लगानीमा रहिरहेको कर्जा १ अर्ब १ करोड ३ लाख ८ हजार रहेको छ ।  

संस्थाले निकट भविष्यमा नयाँ ५ वटा शाखा कार्यालयहरु स्थापना गर्ने लक्ष्य लिएको जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस