
काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्ज हुने भएपछि एकअर्काका एटीएम कार्ड निशुल्क चलाउन पाउने भएको छ । मंसिर २ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट पारित भइसकेको छ । मर्जर पश्चात ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको छ ।
यहि मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहकहरुको सुविधाका लागि यी दुबै बैंकहरुबाट जारी गरिएका कार्डहरु यी दुबै बैंकहरुका कुनै पनि एटीएममा चलाउँदा कुनै शुल्क नलाग्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेछ । करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जर पश्चात बन्ने ग्लोबल आइएमई बैंक चुक्ता पूँजी करिव १९ अर्ब रुपैयाँ, निक्षेप २ खर्ब १३ अर्ब रुपैयाँ, कर्जा १ खर्ब रुपैयाँ, ९४ अर्ब रुपैयाँ भएको सवल र सक्षम बैक बन्ने बैंकले दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस