aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

स्वेदेशी लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ मंसिर २०७६
स्वेदेशी लघुवित्तको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

 काठमाडौं । स्वदेशी लघुवित्तको प्रस्तावित लाभांश प्राप्त गर्न मंसिर ५ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको छ । कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर र १३ दशमलव २५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले १ दशमलव ७५ प्रतिशत नगद लाभांश समेत दिएको छ । यस वर्ष कम्पनीले ३५ प्रतिशत लाभांश दिने भएको हो । 

उक्त प्रस्ताव कम्पनीले मंसिर १६ गते वार्षिक साधारण सभा गरी पारित गर्दैछ । उक्त सभा प्रयोजनका लागि कम्पनीले मंसिर ६ गतेदेखि बुक क्लोज गर्ने भएकाले ५ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो । 

सभामा लाभांश बाहेक वार्षिक प्रतिवेदन पारित , अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँगको मर्जर र ४ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत छलफलका लागि तय भएका छन । सभा इटहरी सुनसरीमा हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस