
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले मंसिर २१ गते बोलाएको तेस्रो वार्षिक साधारण सभाका लागि मंसिर ५ गतेदेखि बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन मंसिर ४ गतेसम्मका शेयरधनीहरु मात्र योग्य हुने भएका हुन ।
यस वर्ष कम्पनीले शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साथै बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई समेत कम्पनीले सभामा पेश गर्दैछ । हकप्रद प्रयोजनका लागि भने प्रकृयामा गएपछि बुक क्लोज गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी १६ करोड ५० लाख रुपैयाँ रहेको छ । १३ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्तापूँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस